Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनचार निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी, एमालेको एकमा विजयी

चार निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी, एमालेको एकमा विजयी

काठमाडौं, ६ मंसिर प्रतिनिधि सभा र संघीय संसदको मतगणना जारी रहेको छ र नेपाली कांग्रेसले अग्रता लिएको छ।

मंगलबार बिहानसम्मको तथ्यांकअनुसार नेपाली कांग्रेस पहिलो स्थान, नेकपा एमाले दोश्रो स्थान र तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ। मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) चौथो स्थानमा छ।

बिहान १२:१० बजेसम्म ४५ निर्वाचन क्षेत्रमा काँग्रेसले अग्रता लिएको छ भने चार निर्वाचन क्षेत्रमा विजयी भएको छ, एमाले ३७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने एक निर्वाचन क्षेत्रमा विजयी भएको छ।

नेकपा (माओवादी केन्द्र) १४ वटा निर्वाचन क्षेत्रमा अगाडि छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।

कांग्रेसले पहिलो मुस्ताङ र त्यसपछि मनाङमा जित दर्ता गरेको छ। यसका उम्मेदवार योगेश थकाली गौचन मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

मनाङको एकल क्षेत्रबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ५ सय ७७ मत ल्याएर विजयी भएका छन् भने एमालेका पोल्डेन छोपाङले २ हजार २ सय ४७ मत ल्याएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन्। सिंहले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतको अन्तरले पराजित गरेका हुन्। सिंहले ७ हजार १ सय ४३ मत पाएका छन् भने मिश्रले ७ हजार १८ मत पाएका छन्।

यसअघिको निर्वाचनमा पनि सिंहले मिश्रलाई पराजित गरेका थिए।

नयाँ संविधान जारी भएपछि भएको पहिलो आमनिर्वाचनमा कांग्रेसका सिंहले १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका थिए भने विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार मिश्रले १० हजार १ सय १८ मत पाएका थिए।

त्यसैगरी कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक भएको अन्तिम नतिजा अनुसार थापाले २१ हजार ३ सय ०२ मत प्राप्त गरेका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ७ सय ४७ मतले पराजित गरेका हुन्। भट्टराईले १३ हजार ८ सय ५५ मत पाएका छन्।

थापा पहिलो संविधानसभामा समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत संविधानसभा सदस्य थिए। उनी सोही क्षेत्रबाट प्रत्यक्षतर्फ दोस्रो संविधानसभामा निर्वाचित भएका थिए।

सन् २०१७ को संघीय र प्रादेशिक निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्य समेत निर्वाचित भएका थिए। उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको रूपमा पनि काम गर्नुभएको थियो।

नेकपा एमालेले पनि ललितपुर–२ मा पहिलो जित दर्ता गरेको छ। प्रेमलाल महर्जनले भारी मतान्तरले विजय हासिल गरेका छन्। उनले १९ हजार ८ सय ३४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४ सय ४० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का बुद्धरत्न महर्जनले १० हजार १ सय ३६ मत ल्याएका छन् भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको