काठमाडौं, ५ मंसिर। फिफा विश्वकप २०२२ को समूह चरणको खेलमा इंग्ल्याण्डले इरानविरुद्ध ६–२ को जित निकालेको छ।

इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले ३५ मिनेट, बुकायो साका ४३ र ६२ मिनेट, रहिम स्टर्लिङ ४५+१ मिनेट, मार्कस रासफोर्डले ७१ मिनेट र ज्याक ग्रेलिसले ८९ मिनेटमा गोल हानेका हुन्।

यस्तै इरानका लागि मेहदी तारेमी ६५ मिनेट र ९०+१३ मिनेटमा पेनाल्टीमा गोल हानेका हुन्।

यो जिते संगै इंग्ल्याण्ड समूह ‘बि’ को शिर्ष स्थानमा उक्लिएको छ भने इरान समूह को पुछारमा पुगेको छ।
यस समूहको अर्को खेल भोलि बिहान १२ बजेर ४५ मिनेटमा अमेरिका (यूएसए) र वेल्स बीच अहमद बिन अलि रङ्गशालामा हुदैछ।
समूह चरणको अर्को खेल सेनेगल र नेदरल्यान्ड्स बीच अल थुमामा रङ्गशालामा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुदैछ।