काठमाडौं, ५ मंसिर। संघीय र प्रदेश सभा निर्वाचनको मतगणनाको प्रक्रिया सुरु भएको छ।
विभिन्न निर्वाचन क्षेत्रको मतगणनाका लागि छुट्टाछुट्टै मतगणना केन्द्र तोकिएको छ।
यी केन्द्रहरूमा निर्वाचन आयोगका पदाधिकारी, दलका प्रतिनिधि र सञ्चारकर्मीको कडा सुरक्षाबीच उपस्थिति रहेको छ।
अहिले काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ६, ७, ललितपुर र भक्तपुरका सबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।
त्यस्तै कास्की, झापा, मुस्ताङ, सप्तरी, बाँके, रुपन्देही र नवलपरासी पश्चिममा पनि मतगणना सुरु भएको छ।