Wednesday, March 22, 2023
spot_img
Homeनिर्वाचनललितपुरका तीनवटै क्षेत्रमा एमालेको अग्रता

ललितपुरका तीनवटै क्षेत्रमा एमालेको अग्रता

काठमाडौं, ५ मंसिर। ललितपुरका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

ललितपुर क्षेत्र नं १ मा हालसम्म १ हजार २ सय ७८ मत गणना भइसकेको छ। नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ६ सय ६७ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उदयशमशेर जावराले ४ सय २ मत ल्याएका छन्।

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार ८८ मत खसेको छ। ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ।

अहिलेसम्म गणना गरिएको १० हजार ८८ मतमध्ये एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गरेका छन्।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी पार्टी)का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत प्राप्त गरे। राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत प्राप्त गरेका छन्।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा (एमाले) ले अग्रता लिएको छ।

सोमबार बिहानसम्म १ हजार २ सय मतमध्ये अमृत खड्काले ५ सय १० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४ सय ९५ मत ल्याएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले २ सय १५ मत प्राप्त गरे। भुसाल अहिले ऊर्जामन्त्री छन्।

मतगणना जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको