Wednesday, March 22, 2023
spot_img
Homeखेलकुदपाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं, ३० कार्तिक। अञ्जन विष्टको एक मात्र गोलको मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानलाई पराजित गरेको छ।

दशरथ रंगशालामा भएको ५० औँ खेलमा नेपालले १–० को जित निकालेको हो।

घरेलु मैदानमा नेपाललाई जित दिलाउन ८३ औं मिनेटमा अञ्जन बिष्टले गोल गरेक थिए। सुनिल बलको पासमा अञ्जनले गोल गरे। गत अशोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनले ह्याट्रिक गरेका थिए।

हालै नेपालका लागि गोलकर्ताका रूपमा उभिएका अञ्जनले पाकिस्तानविरुद्ध नेपालको लागि ११ औं गोल गरे।

नेपालका लागि १३ गोल गरेका हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न अञ्जन दुई गोल मात्र टाढा छन्।

नेपाली समर्थकले खचाखच भरिएको रंगशालामा पहिलो हाफमा दुवै टोलीले राम्रो खेल्न सकेनन्। ३८औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको