Wednesday, March 22, 2023
spot_img
Homeफिचर्डविश्वको जनसंख्या ८ अर्ब पुग्यो

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

काठमाडौं, २९ कार्तिक। संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार विश्वको जनसंख्याले मंगलबार अनुमानित ८ अर्ब पुगेको छ, जसमा धेरैजसो वृद्धि अफ्रिकाका विकासशील राष्ट्रहरूबाट आएको छ।

जलवायु परिवर्तनका कारण पहिलेदेखि नै स्रोतसाधन अभावको सामना गरिरहेका क्षेत्रहरूका लागि थप कठिनाइ हुने चेतावनी दिँदै विश्वको जनसंख्या ८ अर्ब नाघेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्र प्रक्षेपण अनुसार सन् २०८० सम्ममा २ अर्ब ४० करोड मानिसहरू यस विश्वको जनसंख्यामा थपिनेछन।

सन् २०३०, २०५० र २१०० मा विश्वको जनसंख्या क्रमश ८ अर्ब ५ करोड, ९ अर्ब ७० करोड र १० अर्ब ४० करोड पुग्ने प्रक्षेपण गरिएको छ।

सबैभन्दा छिटो बढ्दो जनसंख्याको सूचीमा रहेका अन्य देशहरू इजिप्ट, पाकिस्तान, फिलिपिन्स र भारत हुन् जसले अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रको रूपमा चीनलाई उछिन्ने छन्।

विज्ञका अनुसार अफ्रिकी राष्ट्रहरूमा अप्रत्याशित रुपमा बढेको जनसंख्याले त्यहाँका राष्ट्रहरूमा बढ्दो युवाहरूको संख्याका लागि पर्याप्त कक्षा कोठा र रोजगारीहरू उपलब्ध गराउन संघर्ष हुने र खाद्य असुरक्षाले अझ आवश्यक समस्या निम्ताउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको