Monday, December 4, 2023
spot_img
Homeनिर्वाचननिर्वाचन आयोगद्वारा बाँकेका नौ उम्मेदवारसँग स्पष्टीकरण माग

निर्वाचन आयोगद्वारा बाँकेका नौ उम्मेदवारसँग स्पष्टीकरण माग

काठमाडौं, २९ कार्तिक निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले बाँकेका नौ उम्मेदवारसँग स्पष्टीकरण मागेको छ।

उनीहरुले मतदातालाई रिझाउने प्रयासमा, ब्यानर लगाएर र निर्वाचनको आचारसंहिता नमान्ने गरी चामल बाँडेको जिल्ला आचारसंहिता अनुगमन अधिकृत खडानन्द अधिकारीले जानकारी दिए।

प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल र बागेश्वर चौलागाईं र राप्रपा नेपाल, सद्भावना पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवारलाई स्पष्टीकरण दिन भनिएको छ।

जिल्ला कोष नियन्त्रक कार्यालयका प्रमुखसमेत रहेका अधिकारीले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै गैरकानूनी माध्यमबाट मतदातालाई प्रभावित नपार्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको