काठमाडौं, २७ कार्तिक। अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले उपाधि जितेको छ।

पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।
इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ५२ रन बनाए।

त्यस्तै जोश बटलरले २६ रन बनाए भने ह्यारी ब्रुकले २० रन बनाए। उनले १७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए।
फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए।
यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो।

उसका लागि शान मसूदले सर्वाधिक ३८ रन बनाए। उनले २८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे।
शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए। युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए।
मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए। इफ्तिखार अहमद शून्यमा क्याच आउट भए।
इङ्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए। स्पिनर आदिल रसिदले ४ ओभरमा १ मेडनसहित २२ रन दिएर २ विकेट लिए।
बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।