Thursday, March 28, 2024
spot_img
Homeविजनेसमर्जर र एक्विजिसनका लागि मात्र १५ दिन सेयर कारोबार निलम्बन गरिने

मर्जर र एक्विजिसनका लागि मात्र १५ दिन सेयर कारोबार निलम्बन गरिने

काठमाडौं, २४ कार्तिक। अब मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीको शेयर कारोबार १५ दिन मात्रै स्थगन हुनेछ।

नेपाल धितोपत्र बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै धितोपत्रको पुनः दर्ता, अभौतिकीकरण र सूचीकरणलगायत मर्जर तथा प्राप्ति प्रक्रिया पूरा नभएसम्म बढीमा १५ कार्यदिवससम्म शेयर कारोवार स्थगन गरिने उल्लेख गरेको छ।

अब नयाँ निर्देशनसहित दोस्रो बजारमा सूचीकृत सबै कम्पनीका लागि एकीकृत नीति तर्जुमा गरिएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाका लागि मात्रै कारोवार निलम्बन गर्ने नीति थियो।

उक्त निर्देशन लागू भएपछि सर्वसाधारण लगानीकर्ताले सेयर खरिद बिक्रीका लागि लामो समय कुर्नुपर्दैन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको