Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटपाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा

पाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा

काठमाडौं, २३ कार्तिक। पाकिस्तान आईसीसी पुरुष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो।

न्यूजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी रहँदा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो।

पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले। पहिलो विकेटका लागि सतक साझेदारी गरेका कप्तान बाबर आजमले ४२ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाए। पहिलो बलमै जीवनदान पाएका बाबरले ३८ बलमा ७ चौकासहित ५० रन पुर्‍याएका थिए।

रिजवानले ४३ बलमा ५ चौका प्रहार गर्दै ५७ रन बनाए। रिजवानले ३६ बलमा ५ चौका प्रहार गर्दै ५० रन पुरा गरेका थिए।

यस्तै हरिश रौफले २६ बल खेल्दै १ छक्का र २ चौकासहित ३० रन बनाए। सान मसुदले ३ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५२ रन बनाएको थियो।

उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले ३५ बलमा १ छक्का र ३ चौका प्रहार गरे।

त्यस्तै कप्तान केन विलियम्सनले ४६ रन जोडे। उनले ४२ बल खेल्दै १ छक्का र १ चौका प्रहार गरे।

पाकिस्तानका लागि शहिन साह अफ्रिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिए।

भाग्यको साथ पाएको पाकिस्तानलाई १३ वर्षपछि पुनः टी-२० विश्वकपको उपाधि जित्ने मौका आएको छ।

अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै लय दोहोर्‍याएर पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ।

सन् २०१० को टी२० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको पाकिस्तानले गत वर्षको विश्वकपमा पनि अष्ट्रेलियासँग ५ विकेटले सेमिफाइनलमै पराजित भएर बाहिरिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको