Friday, March 31, 2023
spot_img
Homeनिर्वाचननिर्वाचन प्रचारप्रसारको वातावरण बनाउन आयोगको निर्देशन

निर्वाचन प्रचारप्रसारको वातावरण बनाउन आयोगको निर्देशन

काठमाडौं, २३ कार्तिक। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले प्रचारप्रसार गर्नका लागि उपयुक्त वातावरण बनाउन सबैमा आग्रह गरेको छ।

निर्वाचनका लागि खटिएका पदाधिकारी, अनुगमन अधिकारी, पर्यवेक्षक र मतदातालाई सुरक्षा सहयोग गर्न आयोगले आग्रह गरेको छ।

आयोगले मंगलबार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण सिर्जना गर्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका आफ्नो प्रचार अभियानमा उम्मेदवारहरूको अवरोधका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा भाग लिने प्रत्येक व्यक्तिलाई निष्पक्ष र समान प्रतिस्पर्धाको अवसर पाउनु लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नु आयोगको संवैधानिक कर्तव्य भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको