Sunday, December 10, 2023
spot_img
Homeमनोरन्जननम्बरी सुन’ मा गायक राजेश पायल राईको स्वर

नम्बरी सुन’ मा गायक राजेश पायल राईको स्वर

काठमाडौं, २२ कार्तिक। राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’ मा गायक राजेश पायल राईले स्वर दिएका छन् । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई नारायण खातीले लेखेका हुन् ।

फिल्मको अभिनेता आमेष भण्डारी अनुबन्धित भैसकेका छन् । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । मंसीर ७ गतेबाट फ्लोरमा जाने फिल्मबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । फिल्मका लागि अन्य कलाकार छनोटको चरणमा रहेकको निर्माण टिमले जनाएको छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, राजेस पायल राई लगायतका गायक तथा गायिकाको स्वर रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको