काठमाडौं, २१ कार्तिक। निर्वाचन आयोगले नेपाली भाषाको न्यूज पोर्टल सेतोपाटीलाई २४ घण्टाभित्र समाचार हटाऊन दिएको निर्देशन फिर्ता लिएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार पूर्व कानूनमन्त्री अग्निप्रसाद खरेलका छोरासँग सम्बन्धित समाचार हटाउन न्युज पोर्टललाई निर्देशन दिएका थिए।
शुक्रबार सेतोपाटीले अमेरिकी सेनामा कार्यरत खरेलका छोरासँग नेपाली नागरिकता रहेको र उनको नाम पनि काठमाडौंको मतदाता नामावलीमा परेको भन्दै समाचार छापेको थियो।
‘मिडिया अनुगमनको काम हामीले होइन, सम्बन्धित निकायले गर्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने। ‘निर्णयको कमजोरीलाई आयोगले सच्याएको छ।अब कार्यान्वयन हुने छैन।”
यसैबीच प्रेस काउन्सिल नेपालले उक्त समाचारबारे न्यूज पोर्टलसँग २४ घण्टा भित्र स्पष्टीकरण मागेको थियो।
पत्रकार आचारसंहिता लागू गराउने निकायले न्युज पोर्टललाई सोध्यो, ‘कुनै राजनीतिक दलका उम्मेदवारलाई नकारात्मक असर पार्न सक्ने सामग्री कसरी प्रकाशित भयो?
उक्त समाचारलाई हटाउन निर्वाचन आयोगको आदेशको विभिन्न क्षेत्रबाट आलोचना भएको थियो। कानुनविद्हरुले यो कदम गलत र असंवैधानिक रहेको बताएका छन्।
The Kathmandu Post बाट अनुवादित।