Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारकाठमाडौं अदालतद्वारा सन्दीप लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा राख्न आदेश

काठमाडौं अदालतद्वारा सन्दीप लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा राख्न आदेश

काठमाडौं, १८ कार्तिक। काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार गरेको अभियोगमा निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार पुर्पक्षका लागि थुनामा (केन्द्रीय कारागारमा) पठाएको छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई धरौटीको सुनुवाइ सकेर मुद्दाको फैसला नभएसम्मका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

अदालतले मंगलबार लामिछानेको बयान लिइसकेपछि बुधबार धरौटीको सुनुवाइ सुरु भएको हो।

बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सविता भण्डारी बराल र रमनकुमार श्रेष्ठ तथा अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीसहित आठ जना अधिवक्ताले बहस गरेका थिए।

बुधबार पीडितको तर्फबाट चार सरकारी वकिल र तीन वकिलसहित सात जना वकिलले बहस गरेका थिए।

लामिछानेका तर्फबाट पेश भएका बहसको शुक्रबार सरकारी वकिलले जवाफ दिएका थिए। त्यसपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरी वृत्त गौशालाले लामिछानेविरुद्ध संयुक्त अनुसन्धान गरी कार्तिक ४ गते महाशाखामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर, तिहारको बिदाका कारण उनीविरुद्ध मुद्दा दायर हुन सकेन।

लामिछानेविरुद्ध १७ वर्षीया युवतीले जबरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले लामिछानेविरुद्ध राष्ट्रिय दण्ड (संहिता) ऐन, २०७४ को दफा २१९ बमोजिम अनुसन्धान गरेको थियो।

काठमाडौं महानगरपालिकाले १६ वर्ष भन्दा माथि तर १८ वर्ष भन्दा कम उमेरको महिलालाई जबर्जस्ती करणी गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने दफा २१९ को उपदफा ३ (घ) बमोजिम लामिछानेलाई १२ वर्षसम्म कैद सजायको माग गरेको छ। पीडितलाई क्षतिपूर्तिको माग समेत गरेको छ।

लामिछानेले डीजीओ र प्रहरीलाई दिएको बयानमा बलात्कारको आरोप अस्वीकार गरेका छन्। उनले भदौ ५ गते काठमाडौंको एक होटलको एउटै कोठामा युवतीसँग बसेको स्वीकार गरेका छन् तर युवती ओछ्यानमा सुतेको र त्यो रात कुर्सीमा सुतेको बताएका छन्।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलको कोठामा एक नाबालिगलाई पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

पीडित बालिकाले भदौ २१ गते आफूलाई बलात्कार गरेको भन्दै गौशाला प्रहरी चौकीमा उजुरी दिएकी थिइन्।

त्यतिबेला आरोपी लामिछाने केन्यामा थिए। त्यहाँबाट उनी क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज गए । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी नेपाल फर्किएनन् र प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि लामिछाने असोज २० गतेदेखि प्रहरी हिरासतमा छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको