Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारआज देशभर लक्ष्मी पूजा मनाइँदैछ

आज देशभर लक्ष्मी पूजा मनाइँदैछ

काठमाडौं, ७ कार्तिक। यमपञ्चकको दोश्रो दिन आज साँझ देशैभर हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो बर्ष लक्ष्मी पुजा दोश्रो दिनमा परेको हुनाले उज्यालोको पर्वका रुपमा चिनिने यस दिन देशैभरका मानिसले लक्ष्मीको पूजा–आराधना गरी मनाउँदैछन्।

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ। घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ। केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ। विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ। यी द्वारहरूबाट वर्षै भरि खुसी अनि उत्साहको प्रवेश हुने मानिन्छ।

लक्ष्मीलाई स्वागत गर्नको लागि देवी मार्गलाई उज्यालो पर्दै आज घर–घरमा लक्ष्मीपूजा वा धनधान्यकी देवीको पूजा–आराधना गरी घर–घरमा बत्ती र मैनबत्ती बालेर मनाइँदैछ।

लक्ष्मी पूजाको रातलाई ‘आनन्दको रात’ पनि भनिन्छ। लक्ष्मी पूजा एक दिन हो जसमा ‘देउसी’ र ‘भैलो’ जस्ता सांस्कृतिक कार्यक्रम गरिन्छ। समूहमा केटीहरू भैलो गीत गाउँदै बस्तीमा घर-घर पुग्छन्। घरधनीले यी बालिकालाई सेलरोटी, चामल र पैसा उपहार दिने गर्छन्।

आज नेपाली साहित्यका लागि विशेष दिन हो। आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो। नेपाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ। वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन्।

वि सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन। भाषा, साहित्य र हाम्रा मूर्द्धन्य साहित्यकार तथा स्रष्टाहरू वहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुन्जेल बाँचिरहनुहुनेछ। नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको