काठमाडौं, ६ कार्तिक। नेपालीहरुको पाँचदिने उज्यालो पर्व तिहार आइतवारदेखि सुरु भएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल पक्षको दोस्रो दिनसम्म मनाइने यो पर्वलाई यमपञ्चक पनि भनिन्छ।

मृत्युका देवता यम, मानवसँग घनिष्ठ सम्बन्ध कायम राख्ने काग, कुकुर, गाई, गोरुलगायतका जीवजन्तुप्रति श्रद्धा प्रकट गर्ने भएकाले यो पर्व ठूलो महत्वको मानिन्छ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार चराचुरुङ्गीलाई मिठाई र खाना खुवाएर मनाइँदैछ। हिन्दू पौराणिक कथा अनुसार कागलाई यमको दूत मानिन्छ। काग कराउदा शोकको प्रतीक भएकोले, भक्तहरूले आफ्नो घरमा शोक र मृत्युबाट बच्न कागलाई खाना चढाउँछन्।

यसैगरी सोमवार बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा मनाइँदैछ।
कार्तिक १० गते बिहिवार भाइटीका मनाएपछि पर्वको समापन हुनेछ।