Friday, March 31, 2023
spot_img
Homeसमाचारको हुन् ति महिला जसलाई हर्क सम्पाङले एक महिनाको तलब पठाइदिने घोषणा...

को हुन् ति महिला जसलाई हर्क सम्पाङले एक महिनाको तलब पठाइदिने घोषणा गरे?

काठमाडौं, २८ असोज। काठमाडौंको फुटपाथमा ठेलामा व्यवसायी गर्दै आएकी एक महिलाको ठेला महानगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएपछी, ठेलासंगै महानगरको गाडीमा बसेर उनी रुदैँ महानगरले फुटपाथबाट उठाएको सामान राख्ने ठाउँमा पुगेकी थिईन।

घटना सामाजिक सञ्जालमा आए पछी सबै नेपाली संगै धरानका मेयर हर्क साम्पाङले पनि थाहा पाए। त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै ति महिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।

‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’, उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।

महिलाको नाम शर्मिला तामाङ रहेको छ र उनि काठमाडौंको थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी थिईन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको