Thursday, March 28, 2024
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र 'सोल अफ द कमान्डो' को पहिलो गीत सार्वजनिक

चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक

काठमाडौं, २१ मंसिर। चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘जिन्दगी को’ बोलको गीत अडियो सार्वजनिक गरिएको हो । अडियो ओएसआर डिजीटलको अफिसियल युट्यृुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आगामी शुक्रवार अर्थात् मङ्सिर २३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा खुल्ने भएकोले अडियो गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ।

गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ । गीतको शब्द रचना भने चलचित्रका मुख्य अभिनेता राजकुमार राइको रहेको छ ।
राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ ।

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको चलचित्र ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल,नरेन खड्का,शेषुका राई,मिलन राई,रवि थापा,रुपेश झा,पुष्प श्रेष्ठ,सीमा राई,नरेन्द्र लिम्बु,पूर्ण लिम्बु,कमला खापुङ्ग लिम्बु,सुष्मिता लिम्बु,एन्जल राई,टिका राम ठकुरी,सोनीका राईको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई,रवि थापा र धन लिम्बू रहेका छन् । चलचित्रका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको,सम्पादन नहकुल खड्काको,भिएफ़एक्स सत्यमा राना,कलर जीवन थापा,ट्रेलर बन्दे प्रसाद,बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक,सिमोन राजबंशीको कोरियोग्राफी,द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको