काठमाडौं, २७ असोज। जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई प्रहरीले आज जिल्ला अदालतमा हाजिर गरेको छ। उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।
असोज २० मा पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो।
भदौ ५ गते १७ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध उजुरी परेको थियो।
गत बिहीबार अमेरिकाबाट नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।
उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।