Friday, March 29, 2024
spot_img
Homeमनोरन्जनफिल्मी समाचारमोफसल टुरमा ‘बाबरी’ टिम

मोफसल टुरमा ‘बाबरी’ टिम

बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको सिनेमा ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो ।

प्रमोसन टिममा अभिनेता धिरज मगर, धिरज नाडकर, कमलमणि नेपाल, अभिनेत्री अदिति बुढाथोकी र निर्मात्री पुष्पलता बुढाथोकीलगायत थिए । पोखराका क्याम्पसहरुमा धिरज, अदिति र धिरज पुग्दा विद्यार्थीहरु सेल्फी र अटोग्राफ लिन झुम्मिएका थिए । विशेष गरि धिरज मगर र अदितिको क्रेज देखियो ।

दर्शक माँझ सिनेमाको जानकारी दिंदै तीन मुख्य कलाकारले सिनेमाको संवाद बोलेर मनोरंजन प्रदान गरेका थिए । केहि क्याम्पसमा कलाकारहरुले सिनेमाका हिट गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’मा कम्मर मर्काएका थिए ।

आफ्नो दोस्रो सिनेमाको प्रचारमा खटिएका धिरज मगरले आफुहरुले एउटा राम्रो सिनेमा बनाएको र दर्शकलाई हेरिदिन आग्रह गरे । अभिनेत्री बुढाथोकीले लामो समयको अन्तरालपछि दर्शक माँझ पुग्न पाउँदा खुसि लागेको र दर्शकको साथ् पाउने अपेक्षा राखिन् ।

अर्का अभिनेता धिरज नाडकरले आफ्नो डेब्यु सिनेमा हेरेर प्रतिक्रिया दिन आग्रह गरे । टिमले यसअघि दमक र इटहरी टुर सम्पन्न गरिसकेको छ । सुरेन्द्र पौडेलको निर्देशन र सम्पादन रहेको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा भन्छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको