Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारबहुप्रतिक्षित सिनेमा 'प्रेमगीत ३' शुक्रवारबाट प्रदर्शनमा

बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा

काठमाडौं, ७ असोज। बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको सिनेमा शुक्रवारबाटै भारतलगायत विश्वभरका सिनेमा हलमा समेत प्रदर्शनमा आएको छ । तर, नेपालमा भने घटस्थापनाबाट मात्र हिन्दी डब लाग्नेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको हो ।

‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत-संगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइप बनाएको छ । यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ । आक्रामक अग्रिम टिकट बुकिङले पनि सिनेमाले कमाईमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउँछन् । सिनेमाको पहिलो दिनको कमाई साढे २ करोड माथि हुने अनुमान उनको छ ।

यद्यपि, सिनेमाले शुक्रवार र शनिवार ठूलो कमाई गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । आइतबारबाट भने सिनेमालाई दर्शकको र्ड अफ माउथले लामो रेशको घोडा बनाउनु पर्नेछ । विश्वभरका १२ सय बढि पर्दामा रिलिज भएको सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउने विश्वास निर्माता तथा निर्देशक सन्तोष सेनलाई छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’बाट मनिष र क्रिस्टिनाले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् । सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको