काठमाडौं, ३० भदौ। युक्रेनका लागि भ्लादिमिर पुटिनका राजदूतले युक्रेनलाई नाटोबाट बाहिर राख्ने रुसको मागलाई पूरा गर्ने कीभसँग एउटा अस्थायी सम्झौता भएको बताए। तर पुटिनले यसलाई सहर्स अस्वीकार गर्दै आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दबाब दिए।

युक्रेनमा जन्मेका राजदूत दिमित्री कोजाकले पुटिनलाई आफूले गरेको सम्झौताले रुसले युक्रेनमा ठूलो मात्रामा कब्जा गर्ने आफ्नो रणनीति असफल हुने पनि बताएका थिए।
युद्ध अघि पुटिनले बारम्बार जोड दिएका थिए कि नाटो र यसको सैन्य पूर्वाधारहरू पूर्वी युरोपबाट नयाँ सदस्यहरू बनाउदै रसियाको सिमाना नजिक पुगेका थिए। सो नाटो गठबन्धनले युक्रेनलाई पनि आफ्नो कक्षमा ल्याउने तयारी गरिरहेको थियो। पुटिनले सार्वजनिक रूपमा भनेका थिएकि यसले रूसको लागि अस्तित्वको खतरालाई प्रतिनिधित्व गर्दछ, जसले उनलाई प्रतिक्रिया दिन बाध्य पारेको थियो।
राजदूत दिमित्री कोजाकको वार्ताले आँफुले चाहे जस्तो सहुलियतहरू पर्याप्त मात्रामा नआउने भएकाले युक्रेनी भूभागलाई कब्जा गराउने आफ्नो उद्देश्यहरू पुटिनले विस्तार गरेका थिए।