Tuesday, February 7, 2023
spot_img
Homeमनोरन्जनफिल्मी समाचारप्रेमगीत ३ को गीत ‘हर युग होस्’ सार्वजनिक

प्रेमगीत ३ को गीत ‘हर युग होस्’ सार्वजनिक

काठमाडौं, २९ भदौ। प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत रहेको।छ ।गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड रहेका छ्न।

फिल्म आगामी असोज ७ गते बाट नेपाल र भारतमा एकसाथ रिलिज हुने छ।आशुषेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन। प्रदीप र क्रिस्टिनाका अलावा,शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले मिलेर खिचेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको