Tuesday, May 30, 2023
spot_img
Homeमनोरन्जनसोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय स्थगित

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय स्थगित

प्रदर्शकहरुलाई चौतर्फी आक्रमण भएको र व्यवसाय नै संकटमा परेको भन्दै दबाव स्वरुप सोमबार हल बन्द गर्ने निर्यणबाट नेपाल चलचित्र संघ पछाडी हटेको छ ।

शुक्रबार नेपाल चलचित्र निर्माता संघसंगको छलफलपछि चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।

चलचित्र संघको कार्यालय विशालनगरमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ ।

आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको