Wednesday, March 22, 2023
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा २ सय २१ जनामा कोभिड–१९ ​​संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ सय २१ जनामा कोभिड–१९ ​​संक्रमण पुष्टि

काठमाडौं, २० भदौ। पछिल्लो २४ घण्टामा २ सय ०६ जाना डिस्चार्ज र २ सय २१ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या २ हजार ४ सय ४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५८ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ५ सय १९ पीसीआर परीक्षणमा १ सय २२ जाना र २ हजार ५ सय ३९ एन्टिजेन परीक्षणमा ९९ जानामा गरि कुल ​२ सय २१ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड-१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन। कोभिड-१९ बिरुद्धको पछिल्लो २४ घण्टाको खोप विवरण अनुसार २ लाख ६९ हजार ६ सय ४५ जानाले खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ४ सय ५० जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ७ सय ५६ पीसीआर परीक्षणमा १ सय १६ जाना र १ हजार ६ सय ९४ एन्टिजेन परीक्षणमा २६ जानामा गरि कुल ​२ सय ६९ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको