Friday, March 31, 2023
spot_img
Homeफिचर्डकक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं, १७ भदौ। कक्षा १२ को नतिजा प्रकाशित भएको छ।

आज दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो।

राष्ट्रिय परीक्षा बोर्डको अनुसार नतिजा वेबसाइट, एसएमएस आदिमा आउन केही समय (करिब एक घण्टा) लाग्नेछ।

नतिजा ग्रेडिङ प्रणाली अनुसार प्रकाशित भएको छ।

गत जेठ १६ देखि २५ गतेसम्म बोर्डले परीक्षा सञ्चालन गरेको थियो।

यस वर्ष ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको