Wednesday, May 8, 2024
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा २ सय ६९ जनामा ​​संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ सय ६९ जनामा ​​संक्रमण पुष्टि

काठमाडौं, १६ भदौ। पछिल्लो २४ घण्टामा २ सय १५ जाना डिस्चार्ज र २ सय ६९ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार १ सय ५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ७ सय ३२ पीसीआर परीक्षणमा १ सय ८० जाना र १ हजार ८ सय २५ एन्टिजेन परीक्षणमा ८९ जानामा गरि कुल ​२ सय ६९ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड-१९ का कारण आज एक जानले ज्यान गुमाउनु परेको छ। कोभिड-१९ बिरुद्धको पछिल्लो २४ घण्टाको खोप विवरण आएको छैन।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ९ सय २० जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४ सय ८५ पीसीआर परीक्षणमा २ सय २४ जाना र १ हजार ४ सय ३५ एन्टिजेन परीक्षणमा ४७ जानामा गरि कुल ​२ सय ७१ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको