काठमाडौं, १५ भदौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने बताएका छन्।
बुधबार कास्की क्षेत्र नं १ बाट थापाको नाममा निवेदन आएपछि उनले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी दिने स्पष्ट पारेका छन्।
‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नु भएकोमा त्यो सद्भावका लागि धन्यवाद,’ थापाले आज दिउँसो ट्विट गर्दै भनेका छन्, ‘मैले काठमाडौँ क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु। र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।’
थापा २०७४ को निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भएका थिए।