काठमाडौं, १५ भदौ। पछिल्लो २४ घण्टामा १ सय ७५ जाना डिस्चार्ज र २ सय ७१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४ सय ८५ पीसीआर परीक्षणमा २ सय २४ जाना र १ हजार ४ सय ३५ एन्टिजेन परीक्षणमा ४७ जानामा गरि कुल २ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड-१९ का कारण आज एक जानले ज्यान गुमाउनु परेको छ। कोभिड-१९ बिरुद्धको पछिल्लो २४ घण्टाको खोप विवरण आएको छैन।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ९ सय २१ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ४ सय ५८ पीसीआर परीक्षणमा १ सय ४३ जाना र २ हजार ४ सय ६३ एन्टिजेन परीक्षणमा १ सय १४ जानामा गरि कुल २ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको थियो।