Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डविद्युतीय सवारी साधनको फास्ट चार्जिङ स्टेशन सञ्चालनमा

विद्युतीय सवारी साधनको फास्ट चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौं, १५ भदौ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फास्ट चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणको मुख्य कार्यालय रत्नपार्कमा निर्माण भएको आधुनिक फास्ट चार्जिङ स्टेशनको हिजो उद्घाटन गरेकी हुन्।

मन्त्री भुसालले आन्तरिक विद्युत खपत बढाउन यातायात प्रमुख क्षेत्र भएको बताउँदै चार्जिङ स्टेशन सञ्चालन गर्नु ऊर्जा क्षेत्रमा क्रान्ति भएको बताईन।

‘घरेलु बिजुलीको खपत करिब २२ प्रतिशतले बढेको छ, जसले पेट्रोलियम इन्धन निर्भरतालाई क्रमशः घटाउँदै लैजान्छ,’ भुसालले थपिन। “यसले व्यापार घाटा कम गर्नेछ र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मद्दत गर्नेछ।”

यसैबीच प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय सवारीसाधन चार्ज गर्ने पूर्वाधार विकास परियोजनाअन्तर्गत सातवटै प्रदेशका प्रमुख राजमार्ग, बसपार्क र ठूला सहरसहित देशभरका ५१ स्थानमा चार्जिङ स्टेशनहरू निर्माण गरिरहेको छ।

तीमध्ये ठूला बस, माइक्रो, ट्रक, पिकअपका लागि २६ चार्जिङ स्टेशन र साना र ठूला कारका लागि २५ वटा चार्जिङ स्टेसन प्रयोग गरिनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्प तथा कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्राधिकरणले निर्माण गरिरहेको प्रत्येक चार्जिङ स्टेशनमा १४२ किलोवाटको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली हुनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको