काठमाडौं, १५ भदौ। केन्या विरुद्धको निर्णायक तथा पाँचौं टी–२० खेल जित निकाल्दै नेपालले सिरिज ३–२ ले जितेको छ। मंगलबार भएको पाँचौं तथा अन्तिम टी–२० खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।
यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटले जितेको थियो। दोस्रो टी–२० मा केन्या १८ रनले विजयी भएको थियो भने चौथो टी–२० हिजो ७ रनले विजयी भएको थियो।
यस टी–२० सिरिजमा दुई–दुई जित हात पारेको नेपाल र केन्याबीचको अन्तिम खेलले कसले सिरिज जित्ने भन्ने टुंगो लगाउने थियो। अन्तिम तथा निर्णायक खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।
अब नेपालले र केन्यासंग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपालले पहिलो खेल भदौ १७ मा, दोस्रो खेल भदौ १८ गते र तेस्रो तथा अन्तिम खेल भदौ २० गते खेल्नेछ।