Friday, March 31, 2023
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोभिड–१९ को ​​संक्रमण पुष्टि भएसँगै...

पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोभिड–१९ को ​​संक्रमण पुष्टि भएसँगै…

काठमाडौं, १४ भदौ। पछिल्लो २४ घण्टामा २ सय ३२ जाना डिस्चार्ज र २ सय ५७ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार १ सय ४६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २१ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ४ सय ५८ पीसीआर परीक्षणमा १ सय ४३ जाना र २ हजार ४ सय ६३ एन्टिजेन परीक्षणमा १ सय १४ जानामा गरि कुल ​२ सय ५७ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड-१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन। कोभिड-१९ बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ५० हजार ३ सय ५५ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ११ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ५ सय २५ पीसीआर परीक्षणमा १ सय ४५ जाना र २ हजार ४ सय ८६ एन्टिजेन परीक्षणमा ८१ जानामा गरि कुल ​२ सय २६ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको