Sunday, September 24, 2023
spot_img
Homeकाठमाडौँकिन सर्वोच्चले मेयर बलेन संग सात दिन भित्र लिखित जवाफ माग गर्यो?

किन सर्वोच्चले मेयर बलेन संग सात दिन भित्र लिखित जवाफ माग गर्यो?

काठमाडौं, १ भदौ। काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह (बलेन शाह) विरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर भएको छ।अधिवक्ता दीपकराज जोशीले बलेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

मेयर बलेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर अदालतको अवहेलना गरेको आरोप लागेको छ।

बलेनविरुद्ध परेको रिटमा सोमबार सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले सुनुवाइ गर्दै बलेनको लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

आदेशमा ७ दिनभित्र बलेन आफैं वा कानुनी प्रतिनिधिमार्फत सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुपर्ने उल्लेख छ।

केही समयअघि काठमाडौं महानगरपालिकाले नार्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनेको संरचना हटाउन खोजेको थियो। नार्भिकले अदालतमा मुद्दा दायर गरेपछि अदालतले तत्काल संरचना नहटाउन आदेश दिएको थियो।

अदालतको उक्त आदेशपछि मेयर बलेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टेटस लेखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको