काठमाडौं, १२ भदौ। पछिल्लो २४ घण्टामा ४ सय ६२ जाना डिस्चार्ज र २ सय ०२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ३ हजार ३ सय १३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३३ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ६४ पीसीआर परीक्षणमा १ सय ६४ जाना र १ हजार ७ सय ६९ एन्टिजेन परीक्षणमा ३८ जानामा गरि कुल २ सय ०२ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड-१९ का कारण आज एक जानले ज्यान गुमाउनु परेको छ। कोभिड-१९ बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ५१ हजार २ सय ३४ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा २ हजार ८ सय ३९ जानालाई परीक्षण गरिएको थियो जसमा ६ सय ४३ पीसीआर परीक्षणमा ६५ जाना र २ हजार १ सय ९६ एन्टिजेन परीक्षणमा १ सय ०८ जानामा गरि कुल १ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।