काठमाडौं, ८ भदौ। पछिल्लो २४ घण्टामा १ सय ६४ जाना डिस्चार्ज र ४ सय ८७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८ सय ०६ पीसीआर परीक्षणमा २ सय ४२ जाना र २ हजार ३ सय ७१ एन्टिजेन परीक्षणमा २ सय ४५ जानामा गरि कुल ४ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड–१९ का कारण आज १ जानाले ज्यान गुमाउनु परेको छ। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ३९ हजार ४ सय ४८ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ९ सय ४९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय ५७ पीसीआर परीक्षणमा ३ सय ४३ जाना र २ हजार १ सय ९२ एन्टिजेन परीक्षणमा २ सय ९१ जानामा गरि कुल ६ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



