काठमाडौं, ७ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.०९ प्रतिशत बढेर २०५४.९९ बिन्दुमा बन्द भएको हो।
हिजो ०.३६ प्रतिशत घटेर २०५३.१४ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.८५ अंकले बढेको हो।
४० लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २२ स्टकको २७ हजार २ सय ०२ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।
रु रु जलविद्युत परियोजना लिमिटेड, मंदाकिनी हाइड्रोपावर लिमिटेड र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भने सामलिंग पावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ३.९३ प्रतिशतले घटेको हो।
१.२८ प्रतिशतले घटेको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रुपैयाँ ०२ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।



