Tuesday, February 7, 2023
spot_img
Homeसमाचारएक जानाको मृत्यु भए संगै पछिल्लो २४ घण्टामा...

एक जानाको मृत्यु भए संगै पछिल्लो २४ घण्टामा…

काठमाडौं, ७ भदौ। पछिल्लो २४ घण्टामा ४ सय १७ जाना डिस्चार्ज र ६ सय ३४ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय ५७ पीसीआर परीक्षणमा ३ सय ४३ जाना र २ हजार १ सय ९२ एन्टिजेन परीक्षणमा २ सय ९१ जानामा गरि कुल ​६ सय ३४ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

कोभिड–१९ का कारण आज १ जानाले ज्यान गुमाउनु परेको छ। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५३ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ६ हजार ६ सय ४३ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ५ सय ०५ जाना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा २ सय ५३ जानामा गरि कुल ​६ सय ५८ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको