Wednesday, November 30, 2022
spot_img
Homeविजनेसनेप्से संगै कारोबार रकम दुबै घट्यो

नेप्से संगै कारोबार रकम दुबै घट्यो

काठमाडौं, ६ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.३६ प्रतिशत घटेर २०५३.१४ बिन्दुमा बन्द भएको हो।

हिजो ०.३७ प्रतिशत घटेर २०६०.५५ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ७.४१ अंकले घटेको हो।

५२ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २२ स्टकको ३१ हजार ७ सय ९५ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय २९ रुपैयाँ ५८ पैसाको कारोबार भएको छ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र मंदाकिनी हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भने दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशतले घटेको हो।

४.०३ प्रतिशतले बढेको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २८ करोड १८ लाख ७१ हजार ३ सय २६ रुपैयाँ ०५ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको