काठमाडौं, ६ भदौ। पछिल्लो २४ घण्टामा ४ सय ५६ जाना डिस्चार्ज र ६ सय ५८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४३ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ५ सय ०५ जाना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा २ सय ५३ जानामा गरि कुल ६ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड–१९ का कारण आज १ जानाले ज्यान गुमाउनु परेको छ। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ३८ हजार १५ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ४ सय २३ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८ सय १६ पीसीआर परीक्षणमा २ सय ०२ जाना र १ हजार ६ सय ०७ एन्टिजेन परीक्षणमा ८४ जानामा गरि कुल २ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको थियो।