काठमाडौं, ५ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.३७ प्रतिशत घटेर २०६०.५५ बिन्दुमा बन्द भएको हो।
बिहिवार १.३५ प्रतिशत बढेर २०६८.२७ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ७.७२ अंकले घटेको हो। शुक्रवार र शनिवार नेप्से बन्द थियो।
५३ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १८ स्टकको ४३ हजार ४ सय ५५ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँ ५६ पैसाको कारोबार भएको छ।
मंदाकिनी हाइड्रोपावर लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भने रिभर फल्स पावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको हो।
३.१६ प्रतिशतले घटेको रिडी पावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १२ करोड २८ लाख ५० हजार ९ सय ६८ रुपैयाँ ०२ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।