Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारआज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, ३ भदौ। भगवान् श्रीकृष्णको जन्मजयन्ती श्रीकृष्णजन्माष्टमी आज देशभर विभिन्न कार्यक्रम गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ।

शास्त्र अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो।

भगवान् कृष्णलाई दुष्ट, अन्याय र शैतानी शक्तिहरूबाट मानव जातिको रक्षा गर्ने भगवान विष्णुको अवतार मानिन्छ। उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका तीन सिद्धान्तका प्रवर्तक पनि मानिन्छ।

सुखी र समृद्ध जीवनको लागि भगवान कृष्णको असल कर्मको कदर गर्न श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइन्छ।

पौराणिक कथा अनुसार वासुदेव र देवकीबाट जन्म लिनुभएको भगवान् कृष्णले मानव जातिलाई ज्ञान, सत्य र अमरताको मार्गमा डोर्याउनु भएको छ।

ललितपुरको मंगलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिरलगायत भगवान् कृष्णका मन्दिरमा भक्तजनको भीड लागेको छ।

ढुङ्गाले बनेको प्रसिद्ध र कलात्मक श्रीकृष्ण मन्दिर तत्कालीन पाटनका राजा सिद्धिनरसिंह मल्लले निर्माण गरेका थिए।

विभिन्न धार्मिक संघसंस्थाले भगवान् कृष्णका मूर्तिहरू सजाएर रङ्गीचङ्गी र्‍याली निकालेर भगवान् कृष्णको जन्मजयन्ती मनाउँछन्।

भक्तजनहरु, विशेष गरी महिलाहरु, प्रार्थना र भक्ति गीत गाउँदै, नाच्दै र तेलको दियो बालेर रात बिताउने गर्दछन।

साथै कतिपय घरहरुमा आज आफ्ना साना बालकलाई श्रीकृष्णको जस्तै लुगा लगाएर श्रीकृष्णजन्माष्टमी मनाउने गर्दछन।

शान्तिनगरका एक बासिन्दा शेखर राज थापा भन्नुहुन्छ; आज हरेक घरमा श्रीकृष्ण देख्न पाईएको छ। प्रभुको अनेक अवतार मध्य कुनै एकलाइ महाभारतको श्रीकृष्ण जस्तो बनाइदेऊ, जस्ले कुशल सारथी बनेर यो देशलाई हाक्न सकुन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको