Monday, December 11, 2023
spot_img
Homeविजनेस२ अर्ब माथिको कारोबार हुदा नेप्से १.३५ प्रतिशतले बढ्यो

२ अर्ब माथिको कारोबार हुदा नेप्से १.३५ प्रतिशतले बढ्यो

काठमाडौं, २ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.३५ प्रतिशत बढेर २०६८.२७ बिन्दुमा बन्द भएको हो।हिजो ०.०२ प्रतिशत घटेर २०४०.७१ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २७.५६ अंकले बढेको हो।

५१ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २० स्टकको ४१ हजार ५ सय ७१ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ ५४ पैसा को कारोबार भएको छ।

मंदाकिनी हाइड्रोपावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड, स्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भने सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ३.२८ प्रतिशतले घटेको हो।

१.८६ प्रतिशतले घटेको रिडी पावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँ ०६ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको