Monday, December 11, 2023
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोभिड-१९ ​​संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोभिड-१९ ​​संक्रमण पुष्टि

काठमाडौं, २ भदौ। पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा ​​संक्रमण पुष्टि र ४ सय २१ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ६५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३० जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८२ पीसीआर परीक्षणमा २ सय २४ जाना र २ हजार ८ सय ४८ एन्टिजेन परीक्षणमा ३ सय १८ जानामा गरि कुल ​५ सय ४२ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ९७ हजार ६ सय ५७ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ६ हजार ३ सय ८३ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ८ सय ७६ पीसीआर परीक्षणमा ५ सय ३१ जाना र २ हजार ५ सय ७ एन्टिजेन परीक्षणमा ३ सय २१ जानामा गरि कुल ​८ सय ५२ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको