काठमाडौं, १ भदौ। पछिल्लो २४ घण्टामा ८ सय ५२ जनामा संक्रमण पुष्टि र ३ सय २८ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ६२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ८३ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ८ सय ७६ पीसीआर परीक्षणमा ५ सय ३१ जाना र २ हजार ५ सय ७ एन्टिजेन परीक्षणमा ३ सय २१ जानामा गरि कुल ८ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ७ सय ६७ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ६ सय १९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय २२ पीसीआर परीक्षणमा ३ सय ९९ जाना र २ हजार ८ सय ९७ एन्टिजेन परीक्षणमा ४ सय ४९ जानामा गरि कुल ८ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



