Monday, December 11, 2023
spot_img
Homeविजनेससेयर बजारको वृद्धि टिक्न सकेन, अन्तत् १.२० प्रतिशतले घट्यो नेप्से

सेयर बजारको वृद्धि टिक्न सकेन, अन्तत् १.२० प्रतिशतले घट्यो नेप्से

काठमाडौं, ३१ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.२० प्रतिशत घटेर २०४१.०६ बिन्दुमा बन्द भएको हो।

हिजो २.७८ प्रतिशत बढेर २०६५.८९ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २४.८३ अंकले घटेको हो।

६४ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २१ स्टकको ४३ हजार ३ सय ९२ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ ६५ पैसा को कारोबार भएको छ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सार्किट लेबलमा कारोबार भएको हो भने युनिलिभर नेपाल लिमिटेडको शेयर ५.६२ प्रतिशतले घटेको हो।

१.५३ प्रतिशतले घटेको रिडी पावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ ०९ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको