Friday, March 29, 2024
spot_img
Homeखेलकुदक्रिकेटनेपालको ब्याटिङ प्रविधिमा कमजोरी; मुख्य प्रशिक्षक

नेपालको ब्याटिङ प्रविधिमा कमजोरी; मुख्य प्रशिक्षक

काठमाडौं, ३० साउन। राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले आज नेपाली क्रिकेटरमा ब्याटिङ प्रविधिको अभाव रहेको भन्दै खेलका आधारभूत कुराहरू सच्याएर सुरु गर्ने बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय रंगशालामा प्रशिक्षण सत्र सञ्चालन गरेका पूर्व भारतीय अन्तर्राष्ट्रिय खेलाडी प्रभाकरले ब्याट्सम्यानहरू इन्डियन प्रिमियर लिग र टी–२० क्रिकेटबाट प्रभावित भएको बताए। मैले आज सबै खेलाडीलाई ब्याटिङ गराए र के महसुस गरें कि उनीहरूले धेरै आईपीएल र टी-२० खेल हेर्छन्। उनीहरूले बललाई कडा हिट गर्ने लक्ष्य राखेका थिए तर प्रविधि हराइरहेको थियो, एक वर्षको मुख्य प्रशिक्षकको रूपमा हिजो काठमाडौं आएका प्रभाकरले भने।

मैले आजदेखि खेलाडीका आधारभूत कुराहरू सच्याउन थालेको छु। नेपाली टोली २२ वर्षको औसत उमेर भएको युवा हो र युवा खेलाडीहरू राम्रो सिक्ने गर्छन। मलाई विश्वास छ कि उनीहरूले जति छिटो सिक्छन्, त्यतिनै राम्रो प्रदर्शन गर्छन्। क्रिकेटमा आधारभूत कुराहरू महत्त्वपूर्ण हुन्छ तर तपाईंसँग बलियो आधारभूत कुराहरू हुनुपर्दछ। त्यसैले म यहाँ छु,’ प्रभाकरले भने, ‘मैले आजबाट सुरु गरेको कुरालाई खेलाडीहरूले निरन्तरता दिन सके भने भविष्य उज्ज्वल हुन्छ,’ उनले थपे।

क्यानडाका पुबुदु दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि नेपाल क्रिकेट संघले प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको थियो। गत वर्षको डिसेम्बरमा मुख्य प्रशिक्षकको रूपमा दोस्रो कार्यकालमा दुई वर्षको सम्झौता गरेका दासानायकेले टोलीको खासगरी ब्याट्सम्यानको खराब प्रदर्शनका कारण पद छाडेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको