काठमाडौं, २८ साउन। पछिल्लो २४ घण्टामा ५ सय १ जनाको डिस्चार्ज र २ सय ६३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६५ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ३ सय ९९ पीसीआर परीक्षणमा १ सय ६२ जाना र १ हजार ७ सय ६६ एन्टिजेन परीक्षणमा १ सय १ जानामा गरि कुल २ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज २ जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा १ लाख २७ हजार ३ सय २१ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ७ सय १२ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २ सय ९० पीसीआर परीक्षणमा ४ सय १९ जाना र २ हजार ४ सय २२ एन्टिजेन परीक्षणमा ३ सय ६२ जानामा गरि कुल ७ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको थियो।