काठमाडौं, २७ साउन। पछिल्लो २४ घण्टामा ५ सय ११ जनाको डिस्चार्ज र ७ सय ८१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ७५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २ सय ९० पीसीआर परीक्षणमा ४ सय १९ जाना र २ हजार ४ सय २२ एन्टिजेन परीक्षणमा ३ सय ६२ जानामा गरि कुल ७ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज २ जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा २३ हजार ८ सय १ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ५ सय ३४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४ सय ११ पीसीआर परीक्षणमा ४ सय ६५ जाना र २ हजार १ सय २३ एन्टिजेन परीक्षणमा ३ सय ५० जानामा गरि कुल ८ सय १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।