Tuesday, February 7, 2023
spot_img
Homeसमाचारकोरोना संक्रमणका कारण आज ५ जानाको मृत्यु

कोरोना संक्रमणका कारण आज ५ जानाको मृत्यु

काठमाडौं, २६ साउन। पछिल्लो २४ घण्टामा ४ सय ७६ जनाको डिस्चार्ज र ८ सय १५ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४ सय ११ पीसीआर परीक्षणमा ४ सय ६५ जाना र २ हजार १ सय २३ एन्टिजेन परीक्षणमा ३ सय ५० जानामा गरि कुल ​ ८ सय १५ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज ५ जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा ३१ हजार ७ सय ६१ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ६ हजार ७ सय ५ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ६ सय १४ पीसीआर परीक्षणमा ४ सय ९६ जाना र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३ सय ७२ जानामा गरि कुल ​ ८ सय ६८ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको