Monday, December 11, 2023
spot_img
Homeसमाचारआज कोभिड-१९ का कारण ३ जानको मृत्यु, ८ सय ६८ जनामा ​​संक्रमण...

आज कोभिड-१९ का कारण ३ जानको मृत्यु, ८ सय ६८ जनामा ​​संक्रमण पुष्टि

काठमाडौं, २५ साउन। पछिल्लो २४ घण्टामा ४ सय १४ जनाको डिस्चार्ज र ८ सय ६८ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५ जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ६ सय १४ पीसीआर परीक्षणमा ४ सय ९६ जाना र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३ सय ७२ जानामा गरि कुल ​ ८ सय ६८ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज तिन जानले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा १ लाख ३८ हजार ८ सय ४० जानले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ६ हजार ३ सय जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ९ सय ५८ पीसीआर परीक्षणमा ५ सय ६० जाना र ३ हजार ३ सय ४२ एन्टिजेन परीक्षणमा ५ सय ३० जानामा गरि कुल ​एक हजार ९० जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको